Online Nepal शुक्रबार, बैशाख ७ २०८१

लकडाउन र निषेधाज्ञा !

लकडाउन र निषेधाज्ञा !


मध्यान्तर
  • आइतबार, बैशाख १९ २०७८

  • अहिले विश्वभरी लकडाउन र निषेधाज्ञा चलिरहेको छ । निषेधाज्ञा भिडभाड, आन्दोलन रोक्न गरिने एउटा उपाय हो । तर लकडाउन अहिले विश्वको प्रायः सबै देशमा रहेको छ । कोरोना भाइरसका कारणले विश्वले कोरोनाको संक्रमण रोक्न धेरै लामो समय लकडाउनको प्रयोग गरे तर त्यसको नियन्त्रणभन्दा झन् वृद्धि भएर गयो । गतवर्ष चीनबाट सुरुभएको कोरोना भाइरस आज विश्वको सबै देशमा फैलिएको छ । नेपालमा पनि यसको संक्रमण देखिएपछि गतवर्ष करीव नौ महिना सरकारले लकडाउन लगायो । तर लकडाउनले न त कोरोना भाइरस नियन्त्रणमा आयो न त अर्थतन्त्र जोगियो । खाली लकडाउनले जनता थुन्ने काम भए । अहिले कोरोनाको दोस्रो चरण सुरु भएको छ । गत वर्ष वा पहिलो चरणभन्दा यो दोस्रो चरणमा संक्रमण दर उच्च गतिमा वृद्धि भइरहेको छ । सरकारले अहिले लकडाउनका सट्टा निषेधाज्ञा जारी गरेको छ । विहीबारबाट जारी निषेधाज्ञा कहिलेसम्म जाने हो, टुंगो छैन । लकडाउन र निषेधाज्ञाको शब्द फेरेर भिडभाड र कोरोना नियन्त्रणमा आउँदैन । सरकारले कोरोना नियन्त्रणको लागि खाली कहिले लकडाउन कहिले निषेधाज्ञा गरेको छ अन्य कुनै काम गर्न सकेको छैन । अस्पताल भरिएको छ । भेन्टिलेटर र अक्सिन सकिएको छ । कोरोना खोप सबैको पहुँचमा पुग्न सकेको छैन, तर सरकार खाली कहिले लकडाउन त कहिले निषेधाज्ञा गरेर बस्छ । किनकि जनता सडकमा सरकारको विरोध गर्न नआउन भनेर लकडाउन प्रयोग गरीएको छ । चीन र अन्य युरोपियन देशहरुमा कोरोना भाइरस नियन्त्रणमा आएको छ । तर हाम्रो देशमा अलिकति संक्रमण बढ्यो कि कहिले लकडाउन र कहिले निषेधाज्ञाको नाममा व्यापार गरिरहेको छ । एक वर्षसम्म खाली भ्यूटावर र राममन्दिरको उद्घाटनका लागि बिताएको सरकार कोरोना नियन्त्रणका लागि अहिलेसम्म कुनै चिकित्सकीय व्यवस्था गर्न सकेको छैन । एक वर्षका बीचमा न एउटा अस्पताल बन्यो न एउटा अक्सिजन प्लान्ट बन्यो, खाली गफ र भाषण गरेर कोरोना नियन्त्रण हुन्छ ? अब जनता विरोधमा उत्रने संकेत गरेका छन् । यो सरकारले कोरोना नियन्त्रण गर्नका लागि लकडाउन र निषेधाज्ञा मात्र गर्ने बाँकी सब जनताले गर्ने । अहिले दोस्रो चरणको संक्रमणमा सरकारले निषेधाज्ञा केही मुख्य सहरहरुमा लगाएको छ । तर पनि त्यही ठाउँमा दिनदिनै कोरोनाको वृद्धिदर पनि भइरहेको छ । यहाँका जनतालाई व्यवस्थित र सुरक्षित गन सरकारर्ले कुनै योजना ल्याउन सकेको छैन । खाली लकडाउन र निषेधाज्ञा थोपरेर बसेको छ ।

    प्रतिक्रिया
    थप समाचार