काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा एकीकृत समाजवादीका ससदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।
संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री दाबी गर्नका लागि सोडारी प्रदेश प्रमुख कहाँ पुगेका थिए । मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय छ ।
एमाले , माओवादी केन्द्र नाउपा रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।