Online Nepal मंगलबार, जेष्ठ १ २०८१

देशैभर पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४६२५७ पुग्यो

देशैभर पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४६२५७ पुग्यो


मध्यान्तर संवाददाता
  • आइतबार, भाद्र २१ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर ९८० जना कोरोना संक्रमित थपिएका छन् । जसमा महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्इ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत आइतबार सार्वजनिक भएको संख्या सहित देशभर ४६ हजार २५७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ ।
    गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।

    यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । मन्त्रालयका अनुसार आइतबार थप ९ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या २८९ पुगेको हो ।

    प्रतिक्रिया
    थप समाचार