Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा २४ घण्टाभित्र थप २२८३ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै १८८८ जना संक्रमित

उपत्यकामा २४ घण्टाभित्र थप २२८३ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै १८८८ जना संक्रमित


मध्यान्तर संवाददाता
  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    डा. गौतमले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंका १ हजार ८ सय ८८ जना, भक्तपुरको ११८ जना र ललितपुरका २ सय ७७ जना कोरोना संक्रमित भएका छन् ।

    त्यस्तै देशैभर पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमितमध्ये ६४५ जनाको मृत्यु भइसकेको छ भने ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    देशभर ३३ हजार ८८० संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभर कोरोना संक्रमितमध्ये २७९ जना आईसीयु र ६७ जना भेन्टिलेटरमा रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार