Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण, एकैदिन १९ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण, एकैदिन १९ जनाले ज्यान गुमाए


मध्यान्तर संवाददाता
  • बिहिबार, असोज २९ २०७७

  • फाइल तस्बिर

     

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ सय ४९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज सार्वजनिक गरेको विवरण अनुसार उल्लेखित संख्यामा कोरोना संक्रमित थपिएका हुन् । योसहित कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

    आजसम्मको तथ्यांकअनुसार सम्म ३६ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन् भने क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५९८ नमूनाको पीसीआर परीक्षण भएको छ । बिहीबार ३ हजार ५३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

    काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १३४ र ललितपुरकामा १०८ गरी उपत्यकामा १९ सय ३४ जनामा कोरोना संक्रमण देखिएको डा. गौतमले जानकारी दिए । नेपालमा कोरोनाबाट ६९४ जनाको मृत्यु भएको छ । बिहीबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार