Online Nepal मंगलबार, बैशाख १८ २०८१

एनआरएनए अष्ट्रोलिया ताजमनियामा पुराना कार्यसमितिप्रति बढ्यो असन्तुष्टी

एनआरएनए अष्ट्रोलिया ताजमनियामा पुराना कार्यसमितिप्रति बढ्यो असन्तुष्टी


मध्यान्तर
  • बुधबार, साउन १३ २०७८

  • चुनाबको परिणामलाई आफ्नो पक्षमा पार्न वा चुनाब जित्नु अघि उम्मेदवारले बिभिन्न बाचा तथा प्रतिबद्धता जनाउनु नौलो कुरा होइन । यस्ता प्रतिबद्धता चुनाब जितेपछी केहीले पुरा गर्छन तर धेरैले भने पुरा गर्दैनन् । यस्तै धेरै मध्येमा गैह् आबासीय नेपाली संघ ताजमनियामा बिगतमा बिजयी उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता पुरा नगर्दा स्थानिय मतदाताहरुमा नराम्रो प्रभार पर्न गएको देखिएको छ -‘ पहिला बाचा गरेका कुरा पुरा नगर्ने अनि फेरि चुनाबमा उठेर मत माग्ने ? कसरी सकेको होला ? उनिहरूको प्रश्न छ ।

    ताजमनियाका नेपालीहरू भन्छन -‘ एउटै पोष्टमा दोहोर्याई दोहोर्याई उठ्न पनि कसरी सकेको होला । पहिला यसो गर्छु भन्ने, उसे गर्छु भन्ने अनि नगर्ने । फेरि पनि उठ्ने । कुरा बुझिएन-‘ ।

    यतिमात्र होइन कि पहिलाको कार्यसमितिले सस्थाहरूबाट प्राप्त बिध्यार्थीहरूले पाउनु पर्ने सहयोग पनि नदिएको गुनासो सुनिन आएको छ-‘ सस्थाहरूबाट प्राप्त सहयोग कार्यसमितिले लिइसक्यो तर हामीले पाएनौ । गोदाममा कुहिएर जांदा पनि हामीले पाएनौं -‘ बिध्यार्थीहरूले गुनासो गरेका छन । उनिहरूको भनाई छ -‘ अब फेरि यस्ता समूह र उम्मेदवारलाई कसरी बिस्वास गर्ने अनि के को आधारमा भोट दिने -‘? उनिहरूको प्रतिप्रश्न छ ।

    प्रतिक्रिया
    थप समाचार