Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन एमालेले गर्‍यो आफ्ना सांसदहरूको हस्ताक्षर संकलन

सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन एमालेले गर्‍यो आफ्ना सांसदहरूको हस्ताक्षर संकलन


मध्यान्तर
  • सोमबार, फाल्गुन २ २०७८

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।

    एमालेले संसद् पुनःस्थापना गर्ने चार न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सकिने गरी हस्ताक्षर संकलन गरेको हो ।

    सत्ता गठबन्धनमा आबद्ध दलले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराविरुद्ध महआभियोग प्रस्ताव दर्ता गराएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार