Online Nepal शनिबार, जेष्ठ ५ २०८१

एनआरएनएका प्रमुख संरक्षक शेष घलेले गरे संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन

एनआरएनएका प्रमुख संरक्षक शेष घलेले गरे संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन


मध्यान्तर
  • शुक्रबार, फाल्गुन २७ २०७८

  •  काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् ।

    गैर आवासीय नेपाली संघको विधान २००३ -२०२१ संशोधन सहित को धारा १६.१(४) अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् ।

    कुमार पन्त नेतृत्वको संघका वर्तमान कार्यसमितिले विधान अनुसार काम नगरेको र कार्यकाल सकिएको लामो समयसम्म चुनाव हुन नसकेको भन्दै प्रमुख संरक्षक घलेले यस्तो निर्णय गरेका हुन् । वर्तमान कार्यसमितिले मार्च २४ र २५ गते महाधिवेशन गराउने तयारी गरिरहेको छ । यसका लागि आज शुक्रबारसम्म मनोनयनको मिति राखिएको छ ।
    पन्त समुहले तोकेको निर्वाचन मितिलाई नै नजिक हुने गरी घलेले मार्च २२ देखि २५ तारिख गर्ने घोषणा गरेका छन् । घले पक्षले संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहेका छन् । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन् । दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौंमा आयोजना हुने बताइएको छ ।

    प्रतिक्रिया
    थप समाचार