Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गैरआवासीय नेपाली संघको निर्वाचनका गतिविधि तत्काल स्थगन गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

गैरआवासीय नेपाली संघको निर्वाचनका गतिविधि तत्काल स्थगन गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश


मध्यान्तर
  • सोमबार, चैत्र ७ २०७८

  • काठमाडौं । गैरआवासीय नेपाली संघको यहि चैत १० र ११ गते हुन लागेको निर्वाचनका गतिविधि तत्काल स्थगन गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले चैत ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उक्त मितिसम्म निर्वाचनका गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    गैरआवासीय नेपाली संघको संस्थापन पक्षले आगामी चैत १० र ११ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषणा गरेको थियो । तर उक्त निर्णयका विरुद्ध गैर आवासीय नेपाली संघका सदस्य चिन्तामणि सापकोटा लगायतले उच्च अदालत पाटनमा रिट निवेदन दिँदै निर्वाचन रोक्न माग गरेका थिए ।

    उक्त रिटमाथि भएको प्रारम्भिक सुनुवाइमा चैत ९ गतेका लागि छलफल गर्न मिति तोकिएको छ । उक्त मितिसम्म संघले निर्वाचनका लागि कुनै गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेशसमेत जारी भएको छ । चैत ९ गते दुवै पक्षलाई छलफलका लागि समेत  बोलाइए छ ।

    चैत ९ गते दुवै पक्षबीच छलफल गराई निर्वाचनको कार्यतालिका रोक्ने गरी अन्तरिम आदेश जारी गर्नु वा नपर्ने भन्ने सम्बन्धमा सुनुवाई हुनेछ । उक्त मितिमा निर्वाचन रोक्न अन्तरिम आदेश जारी भएको अवस्थामा एनआएनएको निर्वाचन रोकिने छ । अन्तरिम आदेश जारी गर्नु नपर्ने भएमा भने संघले नयाँ नेतृत्वका लागि निर्वाचन गर्नेछ ।

    प्रतिक्रिया
    थप समाचार