Online Nepal मंगलबार, बैशाख १८ २०८१

थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि, पाँच जनाको मृत्यु

थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि, पाँच जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, साउन २६ २०७९

  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    कुल चार हजार ५३४ वटा नमुना परीक्षण गर्दा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै आज पाँचजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ ।

    आज ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

    प्रतिक्रिया
    थप समाचार