Online Nepal मंगलबार, बैशाख १८ २०८१

त्रिभुवन विश्वविद्यालयको समकक्षता स्थगित

त्रिभुवन विश्वविद्यालयको समकक्षता स्थगित


मध्यान्तर
  • शुक्रबार, भाद्र १७ २०७९

  • काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले भारतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीहरुलाई समकक्षता दिन स्थगित गरेको छ।
    बिहीबार त्रिवि शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै हाललाई समकक्षता स्थगन गरिएको जानकारी दिएको छ।

    त्रिविका अनुसार भारतको राजस्थानको संघानियाँ विश्वविद्यालय, मेवार विश्वविद्यालय, झारखण्डको साइनाथ विश्वविद्यालय र पञ्जाबको लभ्ली प्रोफेसनल विश्वविद्यालयबाट उच्च शिक्षा लिएका विद्यार्थीहरुलाई समकक्षता दिन स्थगित गरिएको हो।

     

    प्रतिक्रिया
    थप समाचार