Online Nepal शनिबार, जेष्ठ ५ २०८१

पुनर्बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय

पुनर्बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय


मध्यान्तर
  • बुधबार, माघ १७ २०८०

  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पूँजी बढाउने निर्णय गरेको छ। प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बढाउने निर्णय गरेको हो।

    पुनरर्बीमा कम्पनीको चुक्ता पूँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउने निर्णय भएको स्रोतले बतायो।

    पुनरर्बीमा कम्पनीहरुले पूँजी बढाउन एक वर्षको समय पाउने छन्। २०८१ माघ मशान्तसम्म २० अर्ब पूँजी पुर्याउनुपर्ने गरी निर्देशन दिने निर्णए भएको हो।

     

    प्रतिक्रिया
    थप समाचार