Online Nepal बिहिबार, चैत्र १५ २०८०

सेञ्चुरी बैंकले गर्यो दुईवटा होटलसँग सम्झौता, पाइन्छ यस्तो छुट

सेञ्चुरी बैंकले गर्यो दुईवटा होटलसँग सम्झौता, पाइन्छ यस्तो छुट


मध्यान्तर संवाददाता
  • बुधबार, फाल्गुन ७ २०७६

  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले हेटौंडाका दुईवटा होटलसँग सेवासुविधामा पाईने छुट सम्बन्धि सम्झौता गरेको छ । बैंकले हेटौंडा–४, मकवानपुरस्थित होटेल सामना प्रा.लि. र हेटौडा– १०, मकवानपुरस्थित होटेल सुर्यान्स प्रा.लिसँग विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता गरेको हो ।

    बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटेल सामनाको सेवासुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने होटेल सुर्यान्सको सेवासुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

    होटेल सामना संगको सम्झौता पत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेका छन् । साथै, होटेल सुर्यान्स संगको सम्झौता पत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरेका छन् ।

    अन्य जानकारीका लागि बैकले आफ्नो वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार