Online Nepal बिहिबार, चैत्र १५ २०८०

कोका–कोलाको अफरः भगाउँ दिउँसको झप्-झप्

कोका–कोलाको अफरः भगाउँ दिउँसको झप्-झप्


मध्यान्तर
  • सोमबार, फाल्गुन १९ २०७६

  • काठमाडौं । कोका–कोला नेपालले किशोर/किशोरी र युवाहरुलाई दिउँसको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको छ । यो नयाँ क्याम्पेनको ट्यागलाइन “दिउँसै झप् भफ्, कोकले अप” रहेको छ, अर्थात यदि तपाईंलाई दिउँस निन्द्राले झप् झ्प बनायो भने कोकले मुड र इनर्जीलाई बुस्ट गराउनेछ ।

    क्याम्पेनको एक हिस्साको रुपमा कोका–कोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेश जङ्ग कुँवरलाई फीचर गरेर नयाँ टिभीसीसमेत सार्वजनिक गरेको छ । यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने– “यो नयाँ क्याम्पेनका मार्फत कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्दछ । हामी उपभोक्तालाई उनीहरुको पुरा दिन उत्तम रहोस् र दिउँसको सुस्ताका कारण कुनै क्षणहरु नगुमाउन भन्ने चाहन्छौं ।”

    बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने– “दिनभर हाम्रो दैनिक तालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायम गर्नु नै आफैमा एउटा कार्य हुन सक्छ । यो नयाँ क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसको झप् झ्पलाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्नु हो । यसले मेरो लागि काम गर्दछ र हाम्रा उपभोक्ताहरुलाई पनि यो प्रयास गर्न आग्रह गर्दछु ।”

    कोका–कोला कम्पनी नेपालले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सप्र्रइजहरु तयार पारेको छ । क्याम्पेन सम्बन्धी सबै पछिल्ला जानकारीहरुका लागि कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepal लाइक र फलो गर्नुपर्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार