Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बैंकका कर्मचारीलाई निषेधाज्ञामा कार्यालय आउजाउ गर्न दिइने

बैंकका कर्मचारीलाई निषेधाज्ञामा कार्यालय आउजाउ गर्न दिइने


मध्यान्तर संवाददाता
  • बिहिबार, भाद्र ४ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि बैंकहरुले स्थगित गरेकोे बैंकिङ सेवा पुनः संचालन हुने भएको छ । आज बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जानरआउन दिने आदेश भएपनि प्रहरीले रोकेपछि नेपाल बैंकर्स संघले सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेको थियो ।

    कार्यालय हिँडेका बैंकका कर्मचारीहरुलाई विहानै प्रहरीले रोकेर दुःख दिएको भन्दै संघले बैंकका शाखा कार्यालयहरु नखोल्न सर्कुलर गरेको थियो । बैंकिङ सेवा स्थिगित हुँदा आम रुपमा असर पर्ने भएकाले बैंकका कर्मचारीलाई नरोक्न गृहमन्त्रालय बाटै आदेश आएको प्रहरी स्रोतले बताएको छ । माथिको आदेश आएपछि प्रहरीले बैंकको परिचयपत्र देखाएर कार्यालय आउजाउ गर्न सक्ने जनाएको छ ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार कार्यालय हिँडेका कर्मचारीलाई नरोक्न सबैतिर सर्कुलर भइसकेको छ । तर बैंकर्स संघले मौखिक रुपमा नरोक्ने भनेपनि लिखित रुपमा कुनै जानकारी नआएको जनाएको छ ।

    संघका कार्यकारी निर्देशक अनिल शर्माले मौखित रुपमा हिजो पनि जानकारी आएको तर आज रोकिएको भन्दै भोलि पनि रोक्न सक्ने हुँदा डिउटीमा खटिने प्रहरीसम्म सूचना पुगे समस्या नहुने बताए ।

    प्रतिक्रिया
    थप समाचार