Online Nepal मंगलबार, बैशाख ११ २०८१

समता लघुबित्तको २६.३२ प्रतिशत लाभांश प्रस्ताव

समता लघुबित्तको २६.३२ प्रतिशत लाभांश प्रस्ताव


मध्यान्तर
  • आइतबार, भाद्र ७ २०७७

  • काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि  २६.३२प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

    संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँको कुल २६.३२ प्रतिशतले हुन आउने ५ करोड २ लाख ९३ हजार ८९५ रुपैयाँबराबर लाभांश वितरणको प्रस्ताव गरेको हो।

    यस्तै  लाभांशमा २० प्रतिशतले हुन आउने ३ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँबराबरको बोनस सेयर रहेको छ। त्यस्तै ६.३२ प्रतिशतले हुन आउने १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँबराबरको नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधरण सभामा अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार