Online Nepal आइतबार, जेष्ठ २० २०८१

मेरो सेयरको बुधबारबाट नयाँ एप आउने

मेरो सेयरको बुधबारबाट नयाँ एप आउने


मध्यान्तर
  • सोमबार, भाद्र २९ २०७७

  • काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले भदौ ३१ गते बुधबार मेरो सेयरको एप सार्वजनिक गर्ने भएको छ । सिडीएसले बुधबारबाट परिक्षणको लागि एप सार्वजनिक गर्ने तयारी गरेको हो । आन्तरिक परिक्षण सफल भएकोले अब सर्वसाधारणलाई नै परिक्षणको लागि एप सार्वजनिक गर्ने सिडीएसले तयारी गरेको हो ।

    सिडीएसले बुधबारबाट एनड्रोईड प्रयोगकर्ताको लागि एप ल्याउने र  त्यसको केहि समयपछि मात्र आईओएस प्रयोगकर्ताको लागि ल्ययाउने जनाएको छ । उक्त एपमा अहिले मेरो सेयरमा रहेका सबै सुविधा हुने छ । एपबाट लगानीकर्ताले आफ्नो पोर्टफोलियो हेर्न, आईपिओ, हकप्रदमा आवेदन दिन, शेयर बिक्रिपछि डीआईएस ट्रान्सफर गर्न, शेयरको पछिल्लो मूल्य अनुसार पोर्टफोलियोको आकार हेर्न, भारित औसत लाभकरको विवरण प्रविष्ट गर्ने लगायतकाा सुविधा छन् ।

    हाल एकै पटक धेरै ट्राफिक बढ्दा मेरोशेयर नखुल्ने, ढिलो चल्ने, लगायतका समस्या देखिएकोमा एपमा भने ति समस्या धेरै हदसम्म कम हुने सिडीएसले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार