Online Nepal शुक्रबार, चैत्र १६ २०८०

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न साताको २ दिन विदा दिने तयारी

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न साताको २ दिन विदा दिने तयारी


मध्यान्तर
  • बिहिबार, असोज ८ २०७७

  • काठमाडौं । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न साताको २ दिन विदा दिने तयारी गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बिहिबार बसेको मन्त्रिस्तरीय बैठकले अध्ययन कार्यदल बनाएर त्यसले दिएको प्रतिवेदनको आधारमा दुई दिन विदा दिने प्रस्ताव मन्त्रीपरिषदमा लाने निर्णय गरेको छ ।

    मन्त्रालयका सह सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोईरालाको संयोजकत्वमा गठित कार्यदलमा पर्यटन विभागकमा महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी सदस्य छन् । समितिमा अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि समेत राखेर कार्यदलले अध्ययन गर्नेछ ।

    बैठकमा पशुपति मन्दिर, लुम्बिनी स्वास्थ्य मापदण्ड अपनाएर खोल्न सिसिएमसीमा पेश गर्ने निर्णय गरेको छ। बंगलादेश, ईन्डोनेसिया,रुस, कोरिया फिनल्याण्ड लगायत मुलुकसँग भएको दुईपक्षिय हवाई सम्झौताहरु असोज महिना भित्रै तयार गरेर मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ ।

    बैठकले एक साता भित्र हवाई ईन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन दिएको बताइन्छ ।

    प्रतिक्रिया
    थप समाचार