Online Nepal आइतबार, जेष्ठ ६ २०८१

ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश घोषणा

ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • शुक्रबार, कार्तिक ७ २०७७

  • काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा मार्फत उक्त लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

    घोशीत लाभांशमा १४ प्रतिशत बोनास शेयर र  २ प्रतिशत नगद लाभांश सहित १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बैंकका शेयरधनीले प्राप्त गर्ने छन् । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

    ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने  २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार