Online Nepal आइतबार, जेष्ठ ६ २०८१

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.८४ प्रतिशत लाभांश घोषणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.८४ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • शुक्रबार, कार्तिक १४ २०७७

  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट ११.८४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको ४०३ औ संञ्चालक समितिको बैंठकले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयरसहित ४.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

    नेपाल राष्ट्र बैंकले उक्त लाभांश वितरणका लागि स्वीकृती पछी साधारणसभाले लाभांश पारित गरेसँगै शेयरधनीले उक्त लाभांश प्राप्त गर्ने सक्ने छन्। यस्तै बैंकले गत वर्ष एक अर्ब ९८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रतिशेयर आम्दानी २४ रुपैयाँ भए पनि बैंकले यस वर्ष ११.८४ प्रतिशत लाभांश दिएर जगेडा कोष बलियो बनाउने नीति लिएको छ। बैंकको हालको चुक्ता पुँजी ८ अर्ब एक करोड रुपैयाँ रहेको छ। ७ प्रतिशत बोनस शेयरपछि चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ पुग्ने छ।

    तीन वर्ष अगाडि चुक्ता पुँजी ८ अर्ब पुर्‍याउन १०० प्रतिशत बोनस शेयर दिएको थियो। नेपाल राष्ट्र बैंकको पुँजी वृद्धि योजनापछि हकप्रद तथा मर्जर नभइ पुँजी पुर्‍याउने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि एक हो। बैंकले गत वर्ष २२.५ प्रतिशत नगद लाभांश दिएको थियो। यस वर्ष घोषणा गरिएको लाभांश दशकयताकै कम हो।.

    प्रतिक्रिया
    थप समाचार