Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कुमारी बैंकको कुमारी फोनलोन नयाँ कर्जा योजना सार्वजनिक

कुमारी बैंकको कुमारी फोनलोन नयाँ कर्जा योजना सार्वजनिक


मध्यान्तर
  • शुक्रबार, कार्तिक १४ २०७७

  • काठमाडौं । कोरोना भाइरसले गर्दा मानिसहरु एक -आपसमा भेटघाट गर्न गाह्रो हुने भएकोले बैंकहरुले नयाँ-नयाँ योजना सार्वजनिक गरीरहेका छन् । यस्तै कुमारी बैंकले कुमारी फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले कुमारी फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

    यससँगै कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेका ग्राहकहरुले अधिकत्तम ३० दिनसम्मका लागि अधिकत्तम १ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट कुमारी फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्ने छन् । साथै, कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

    ग्राहकलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न कुमारी फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । बैंकले हाल १८४ शाखा-संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार