Online Nepal बिहिबार, बैशाख २० २०८१

सानिमा जनरल इन्स्योरेन्सको शेयर कारोबार आगामी साताबाट

सानिमा जनरल इन्स्योरेन्सको शेयर कारोबार आगामी साताबाट


मध्यान्तर
  • आइतबार, कार्तिक १६ २०७७

  • काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर आगामी  साताबाटै  धितोपत्र दोस्रो बजारमा कारोबार हुन थाल्नेछ । कम्पनीको धितोपत्रको दोस्रो बजार (नेप्से) मा कारोबारका लागि एसजीआई कारोबार संकेत पाएको छ । यहि कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

    धितोपत्र दोस्रो बजारमा कारोबारका लागि कम्पनीले शेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज (Open Price Range)  प्राप्त गर्नुपर्ने हुन्छ। । जसमा नेप्सेले हरेक कम्पनीलाई सो कम्पनीको अघिल्लो आर्थिक वर्षको परिस्कृत वित्तीय विवरणका आधारमा निर्धारण भएको प्रतिशेयर नेटवर्थलाई न्यूनतम कारोबार र प्रतिशेयर नेटवर्थको तीन गुणालाई अधिकतम कारोबार रेञ्ज तोक्ने गर्दछ ।

    यसअनुसार सानिमा जनरल इन्स्योरेन्सले पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०३.७३ रुपैयाँ र अधिकतम ३११.१९ रुपैयाँ अधिकतम कारोबार रेञ्ज पाउनेछ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य (प्रतिशेयर नेटवर्थ) देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

    कम्पनीले सार्वजनिक निष्काशनका बखत प्रकाशन गरेको आह्वान पत्रमा आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३.७३ रुपैयाँ रहेको छ। यसअनुसार नै नेटवर्थको तीन गुणासम्म अर्थात ३११.१९ रुपैयाँसम्मको कारोबार रेञ्ज प्राप्त गर्नेछ ।

    कम्पनीको शेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनमा नेप्सेको स्पेशल प्रि-ओपन सेसनमा कारोबार भई सोही दिनको बिहान ११ बजेदेखि नियमित कारोबार सेसनबाट कम्पनीको शेयर कारोबार सुरु हुनेछ । शेयर सूचीकरण भएको दोेस्रो दिनको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार हुन नसकेको खण्डमा भने जुन दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार सम्भव हुन्छ सोही दिनदेखि मात्र कारोबारको थालनी हुनेछ ।

    कम्पनीको आईपीओ पनि कूल आवेदकको ३१ प्रतिशतले मात्र प्राप्त गरेकाले यस कम्पनीको पनि दोस्रो बजारमा प्रतिकित्ता ५०० रुपैयाँ भन्दा माथि कायम हुने आंकलन गरिएको छ ।

    आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ७०ः३० कायम भएको छ ।
    इन्स्योरेन्सको आइपीओमा ८ लाख ६६ हजार ९०५ वटा आवेदन परेकोमा ३ हजार ३६० वटा आवेदन रद्ध गरी बाँकी ८ लाख ६० हजार २२५ योग्य आवेदकमध्ये ५ लाख ९० हजार ५४५ जना आवेदकले शेयर प्राप्त गर्न सकेका थिएनन् । आईपीओ ६.८१ गुणा धेरै आवेदन परेको थियो ।

    प्रतिक्रिया
    थप समाचार