Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कुमारी बैंकको फोन लोन कर्जा योजना सार्वजनिक

कुमारी बैंकको फोन लोन कर्जा योजना सार्वजनिक


मध्यान्तर
  • आइतबार, कार्तिक १६ २०७७

  • काठमाडौं । कुमारी बैंकले ३० दिनसम्मका लागि तलब खाता संचालन गरिरहेका ग्राहकलाई अधिकतम १लाखसम्म फोनबाट ऋण  लिन सक्ने  फोन लोन नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।  ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोन लोन नयाँ सेवा संचालनमा ल्याएको बैंकले प्रेस विज्ञप्तीमार्फत् जानकारी दिएको हो ।

    त्यस्तै, कर्जाको लागि कुनै पनि धितोको आवश्यकता नपर्ने, साथै कुनै निवेदन र कानूनी कागजात नचाहिने बैंकले बताएको छ। देशव्यापी १ सय ८४ शाखा–संजाल, १ सय ४४ एटिएम, २१ शाखारहित बैंकिङ इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत सेवा सुविधा दिँदै आएको छ।

     

    प्रतिक्रिया
    थप समाचार