Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आरएमडिसि लघुवित्त संस्थालाइ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति

आरएमडिसि लघुवित्त संस्थालाइ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति


मध्यान्तर
  • सोमबार, कार्तिक १७ २०७७

  • काठमाडौं । आरएमडिसि लघुवित्त संस्थालाइ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ। लघुवित्तलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्न अनुमति दिएको हो। उक्त लाभांश लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

    लघुवित्तको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस र करसहित ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख रुपैयाँ बराबरको नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

    प्रतिक्रिया
    थप समाचार