Online Nepal आइतबार, जेष्ठ ६ २०८१

तिहारको बिदामा बैंकिङ सेवाहरु तीन दिन बन्द हुने

तिहारको बिदामा बैंकिङ सेवाहरु तीन दिन बन्द हुने


मध्यान्तर
  • मंगलबार, कार्तिक २५ २०७७

  • काठमाडौं ।  तिहारको बिदामा बैंकिङ सेवाहरु तीन दिन बन्द हुने भएका छन् । नेपाल बैंकर्स संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । बैंकका धेरै कर्मचारीहरुमा कोरोना संक्रमण भएकाले बैंक  तीन दिन बन्द गर्नुपरेको बैंकर संघले जनाएको छ ।

    क’ वर्गका बैंकहरु (वाणिज्य बैंक) का मात्रै हालसम्म ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमित भएका छन् । कोरोना महामारीका बेला पनि नियमित सेवा दिइरहेका बैंकहरुको ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

    धेरै कर्मचारीहरु संक्रमित भए पनि बैंकहरुले सेवा भने नियमित दिइरहेका छन् । संघका अनुसार आगामी २९ गतेदेखि भने मंसिर १ गतेसम्म भने बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भएका छन् । तिहारको अवसरमा २९ गतेदेखि १ गतेस सबै कार्यालयहरु बिदा दिने निर्णय भएको संघको भनाई छ ।

    संघका अनुसार यस अवधिमा बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भए पनि डिजिटल सेवाहरु भने सधै खुला हुनेछन् । संघले यस अवधिमा बैंकिङ कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार