Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नबिल बैंकको सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देशमुलक तिहार भिडियो सार्वजनिक

नबिल बैंकको सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देशमुलक तिहार भिडियो सार्वजनिक


मध्यान्तर
  • बिहिबार, कार्तिक २७ २०७७

  • काठमाडौं ।  नविल बैंकले यसपालीको  तिहारमा  सन्देशमुलक भिडियो ल्याएको  छ । कोरोना महामारीले त्रसित भएको  समाजलाई ढाडस दिनेगरी बैंकले सन्देशमुलक भिडियो आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको हो ।

    ‘सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि नबिल बैंकले तिहार भिडियो सार्वजनिक गरेको हो। यो  भिडियोलाई     आम सर्वसाधारणले  अत्याधिक रुचाएका छन् ।नबिल बैंकले दशैंको बेला पनि सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मनपराएको थियो ।

    उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल राख्न गएकोले उक्त भिडियोले लाखौंको मन छुन सफल भयो । बैंकको फेसबुक, युटुब, इन्ष्टाग्राम, टुईटर, लिंक्डइन कुल १३ लाख दर्शकहरुले उक्त भिडियो हेरेका थिए ।

    तिहारको यस भिडियोले अहिलेको अवस्थामा भौतिकरुपमा भन्दा भावनात्मकरुपका नजिक भएर तिहार मनाऔं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ।

    प्रतिक्रिया
    थप समाचार