Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नबिल बैंकको प्रथम त्रैमासिक खूद नाफा १ अर्ब ३ करोड

नबिल बैंकको प्रथम त्रैमासिक खूद नाफा १ अर्ब ३ करोड


मध्यान्तर
  • आइतबार, कार्तिक ३० २०७७

  • काठमाण्डौ । नवील बैंक लिमीटेडले प्रथम त्रैमासिक मुनाफामा उल्लेख वृद्धि गरेको छ  । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड रुपैयाँ  कमाएको छ ।अघिल्लो वर्ष यस्तो मुनाफा ७४ करोड २० लाखमा सीमित थियो । यो अघिल्लो आर्थिक बर्षको सोही अबधिको तुलनामा करिब ६३ प्रतिशतले वृद्धि हो ।

    बैंकले शनिबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार खूद नाफा चाहिँ १ अर्ब ३ करोडमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा खूद नाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । यसरी बैंकको खूद नाफा ७.८२ प्रतिशतले घटेको देखिएको छ ।

    अघिल्लो वर्ष १ अर्ब ६० करोड रहेको संचालन मुनाफा घटेर यो वर्ष १ अर्ब ४८ करोडमा सीमित भएको छ भने १ अर्ब ९१ करोड रहेको खूद ब्याज आम्दानी पनि घटेर १ अर्ब ५७ करोडमा सीमित बनेको छ ।

    बैंकको रिटेन अर्निङ भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ३ अर्ब ४ करोड रहेको यस्तो अर्निंग बढेर यो वर्ष ४ अर्ब २५ करोडको उचाईमा पुगेको छ ।

    अघिल्लो वर्ष १२ अर्ब ६६ करोड १६ लाख रहेको रिजर्बको आकार घटेर १२ अर्ब ६१ करोड ९६ लाखमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७३.४८ प्रतिशत रहेको छ, अघिल्लो वर्ष ७४.०९ प्रतिशत थियो ।

    बैंकले आफ्नो वासलातको आकार १६ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा २ खर्ब १४ अर्बको आकारमा रहेको वासलात बढेर यो वर्ष २ खर्ब ४८ अर्बको उचाईमा पुगेको छ ।

    समीक्षा अवधिमा बैंकले १ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ९० अर्ब निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब कर्जा परिचालन गरेको थियो । यसरी बैंकले गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष निक्षेपतर्फ १३ प्रतिशत र कर्जातर्फ १८ प्रतिशतले बढोत्तरी गरेको छ ।

    यस्तै, अघिल्लो वर्षको यही अवधिमा २४ अर्ब १३ करोडमा सीमित लगानीलाई बढाएर ३५ अर्ब १५ करोडको उचाई चुमाएको छ । यसरी लगानीतर्फ बैंकले ४६ प्रतिशतको प्रगति गरेको देखिएको छ ।

    अघिल्लो वर्ष २४ अर्ब ३५ करोडमा सीमित सेयरहोल्डर फण्डको आकार बढेर यो वर्ष २६ अर्ब ९३ करोड कायम भएको छ ।

    अघिल्लो वर्षको तुलनामा बेस रेट १६ प्रतिशतले घटेर ६.६८ प्रतिशत कायम भएको छ भने कस्ट अफ फण्ड पनि २० प्रतिशतले घटेर ४.९९ प्रतिशत कायम भएको छ ।

    अघिल्लो वर्ष यही अवधिमा ४८.९३ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी यो वर्ष ४०.२६ रुपैयाँमा संकुचन भएको छ भने खराब कर्जाको अनुपात ०.६५ प्रतिशतमै स्थिर रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार