Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एनआईसी एशिया बैंकको तिहारको उपलक्ष्यमा डिजिटल दक्षिणा योजना सार्वजनिक

एनआईसी एशिया बैंकको तिहारको उपलक्ष्यमा डिजिटल दक्षिणा योजना सार्वजनिक


मध्यान्तर
  • आइतबार, कार्तिक ३० २०७७

  • काठमाडौं । एनआईसी एशिया बैंकले २०७७ सालको तिहारको  उपलक्ष्यमा डिजिटल दक्षिणा योजना ल्याएको छ ।

    बैंकले भाईटीकामा ग्राहक महानुभावहरूले आफ्ना दिदीबहिनीलाई दिने दक्षिणा मोबाइल बैंकिङ मार्फत प्रदान गर्दा दक्षिणा रकममा थप रू.१०० बैंकले आफ्नो तर्फबाट प्रदान गर्ने भएको छ  ।

    बैंकमा आबद्ध ग्राहक महानुभावहरूलाई भाईटीकाको दिनको लागि यो योजना लागू गरिएको छ भने योजनामा सहभागी हुन न्यूनतम रू. ५०० स्थानान्तरण गर्नुपर्नेछ । यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ३०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ ।

    यस योजनाअन्तर्गत मोबैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकहरूले मोबैंक एपमा रहेको ‘डिजिटल दक्षीणा’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कस्मामा भाईटीका जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । भाईटिकाको दिन दिदीबहिनीहरूको हातबाट टिका ग्रहण गरेपछि दाजुभाईले सगुनस्वरूप दक्षिणा दिने प्रचलन रहिआएकोमा डिजिटल माध्यमको प्रयोग गरी दक्षिणा स्थानान्तरण गर्दा डिजिटल बैंकिङ प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार