Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोरोनाको भ्याक्सिनको सफल ट्रायलको समाचार पछि विश्वभरको शेयरबजारमा तीव्र वृद्धि

कोरोनाको भ्याक्सिनको सफल ट्रायलको समाचार पछि विश्वभरको शेयरबजारमा तीव्र वृद्धि


मध्यान्तर
  • मंगलबार, मंसिर २ २०७७

  • काठमाडौं । कोरोनाको  भ्याक्सिनको सफल ट्रायलको समाचार पछि  विश्वभरको  शेयरबजारमा तीव्र वृद्धि देखिएको छ । यससँगै मंगलबार भारतीय शेयर बजारले पनि नयाँ उचाई छोएको छ ।

    अमेरिकाको बायोटेक कम्पनी मोर्डनाले सोमबार  कोरोना भ्याक्सिनको  सफल परिक्षणको  घोषणा गर्याे । कम्पनीले दाबी गरेको छ कि, यो भ्याक्सिन कोरोनाको बिरामीहरुलाई बचाउनमा ९४.५ प्रतिशतसम्म प्रभावकारी रहेको छ ।

    यस्तै मंगलबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.१७ प्रतिशतले बढेको छ । सोमबार उक्त सूचक उच्च स्तरमा पुगेको थियो । यसदिन सिंगापुर र इन्डोनेशियाको बेन्चमार्क दुबैले १ प्रतिशतको बढोत्तरीका साथ एशियाली शेयर बजारको नेतृत्व गरे । जबकि हङकङको शेयर ०.१ प्रतिशत र अस्ट्रेलियाको एसएण्डपी÷एएसएक्स २०० शेयर सूचक ०.२३ प्रतिशतले बढेको छ ।एक दिन पहिले २९ वर्षको उचाईमा पुगेको जापानको निक्केई २२५ सूचक ०.२४ प्रतिशतले बढेको छ ।
    यस्तै भारतीय शेेेयरबजार मंगलबार सुरुवाती कारोबारमा सेन्सेक्स ४४ हजार १६१.१६ र निफ्टी १२ हजार ९३४.०५ मा पुगेर नयाँ स्तर छोयो । कारोबारी सत्रका क्रममा दुवै इन्डेक्सको यो सर्वाेच्च स्तर हो ।बजारको शानदार बढोत्तरीसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण १७० लाख करोड भारतीय रुपैयाँ पार गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार