Online Nepal आइतबार, जेष्ठ ६ २०८१

चन्द्रागिरी हिल्स लिमिटेडले  साढे १८ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने

चन्द्रागिरी हिल्स लिमिटेडले  साढे १८ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने


मध्यान्तर
  • बिहिबार, मंसिर ४ २०७७

  • काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले  धितोपत्र बोर्डबाट साढे १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ ।

    कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो । कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

    कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

    प्रतिक्रिया
    थप समाचार