Online Nepal आइतबार, जेष्ठ ६ २०८१

एनएमबी बैंक ‘बैंक अफ द इयर’ २०२० बाट सम्मानित

एनएमबी बैंक ‘बैंक अफ द इयर’ २०२० बाट सम्मानित


मध्यान्तर
  • बिहिबार, मंसिर १८ २०७७

  • काठमाडौं । एनएमबी बैंकले यो बर्षको अन्तर्राष्ट्रिय अवार्ड ‘बैंक अफ द इयर’ प्राप्त गरेकोछ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनएमबीलाई सन् २०२० उत्कृष्ट नेपाली बैंक घोषणा गरेको बैंकले जनाएको छ ।

    एनएमबीले यो अवार्ड पाएको तेस्रो पटक हो । यसअघि एनएमबीले २०१७ र २०१८ मा दुई पटक बैंक अफ दी इयरबाट सम्मानित भएको थियो । पछिल्लो समयमा बैंकले कर्जा लगानीलाई नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायमा बढाउँदै लगेको छ । यस्तै नाफा र कार्यक्षेत्रका हिसावले एनएमबी  अग्रणी स्थानमा रहेको छ   । एनएमबी ‘ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालु’को बैंक हो ।

    प्रतिक्रिया
    थप समाचार