Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गरिमा विकास बैंकको १४.२१ प्रतिशत लाभांश प्रस्ताव

गरिमा विकास बैंकको १४.२१ प्रतिशत लाभांश प्रस्ताव


मध्यान्तर
  • आइतबार, पुष १२ २०७७

  • काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको  शुक्रबार बसेको बैठकले  सो लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार