Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच सम्झौता

कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच सम्झौता


मध्यान्तर
  • बिहिबार, पुष १६ २०७७

  • काठमाडौं । कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
    यस सहकार्य अन्तर्गत पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न सेवाहरुमा कुमारी बैंक लि. का डेबिट-क्रेडिट कार्डवाहकहरुले १२% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख श्री नवीन मुनि बज्राचार्य तथा फ्रेन्च बकेरीका तर्फबाट निर्देशक श्री बुद्ध श्रेष्ठज्यूले हस्ताक्षर गर्नु भएको छ ।
    कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार