Online Nepal आइतबार, जेष्ठ ६ २०८१

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गतेबाट आउने

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गतेबाट आउने


मध्यान्तर
  • सोमबार, पुष २० २०७७

  • काठमाडौं । अहिलेसम्मकै ठुलो रकमको आईपीओ नेपाल इन्फ्रास्ट्रक्चर बैंकको माघ २ गतेबाट आउने भएको छ । माघ २ बाट आईपीओ निष्कासन गर्ने र माघ मध्यसम्म बाँडफाँड गर्ने तयारी रहेको बैंकले जनाएको छ  । बैंकले बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ अर्ब रुपैयाँबराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । मंसिर ३ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो ।

    निष्कासन स्वीकृत पाएको मध्ये ५ प्रतिशत अर्थात् ४० लाख कित्ता सामूहिक लगानी कोष र ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

    देशकै पहिलो विशिष्टीकृत बैंकको रुपमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको बैंकमा हालको चुक्ता पुँजी १२ अर्ब छ भने आईपीओ जारी पछि २० अर्ब पुग्नेछ । आईपीओ जारीपछि सेयर संरचना ६०:४० हुने बैंकमा तीनजना साधारण सेयरधनीका तर्फबाट सञ्चालक चयन हुनेछन् ।

    बैंकले आईपीओ निष्कासनको जिम्मेवारी एनआईबीएल एस क्यापिटललाई दिएको छ भने नबिकेको आईपीओका लागि प्रत्याभूतकर्ता (अन्डर राइटर)मा नागरिक लगानी कोषले गर्नेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘बीबीबी’ को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ट्रिपल ‘बी’ को इस्युअर रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आनईपीओमा गरेको लगानी मध्यम जोखिम जनाउँछ ।

    इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा ‘एएए’ सबैभन्दा उत्तम रेटिङ हो भने ‘डी’ सबैभन्दा कमजोर रेटिङ हो । बैंकले पाएको रेटिङ चौथो राम्रो हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो बैंकले गत आर्थिक वर्षमा ८४ करोड र यो आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोडभन्दा माथि खुद मुनाफा आर्जन गरेको छ

     

    प्रतिक्रिया
    थप समाचार