Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव


मध्यान्तर
  • मंगलबार, पुष २८ २०७७

  • काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको सोमबार बसेको बैंठकले ८.४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँको ८ प्रतिशतले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ नगद गरी कुल ६७ करोड ३९ लाख ६९ हजार ६५५ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    प्रस्तावित बोनस शेयरधनीलाई वितरण गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ पुग्नेछ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछ ।

     

     

    प्रतिक्रिया
    थप समाचार