Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गुणस्तरिय सेवा प्रदान गरेको भन्दै एनआईसी एसिया बैंकलाई आईएसओ ९००१ː २०१५ प्रमाणपत्र प्राप्त

गुणस्तरिय सेवा प्रदान गरेको भन्दै एनआईसी एसिया बैंकलाई आईएसओ ९००१ː २०१५ प्रमाणपत्र प्राप्त


मध्यान्तर
  • बुधबार, पुष २५ २०७५

  • काठमाडौं । एनआईसी एसिया बैंकले अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । एनआसीएसियाले ‘आईएसओ ९००१ː २०१५’ प्राप्त गरेको हो ।

    यो अवाड बेलायतमा रहेको United Registrar of System-URS_/UKAS-UK ले प्रदान गर्ने गर्दछ ।

    पछिल्लो समय बैंकको विभिन्न ग्राहकमुखी योजना, चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टिअनुरुपको सेवा प्रदान गरेकाले यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाउन सफल भएको बैंकको दावी छ ।

    यस बैंकले देशभरका सुगम तथा दुर्गम क्षेत्रमा गरी कूल २७० शाखाकार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टरका साथै २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार