Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बैँक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारीमात्र राखेर चलाउन सीसीएमसीको निर्देशन

बैँक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारीमात्र राखेर चलाउन सीसीएमसीको निर्देशन


मध्यान्तर
  • शनिबार, बैशाख १८ २०७८

  • काठमाडौँ । उच्चस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शुक्रबार बैँक तथा वित्तीय संस्थामा एक चौथाइ कर्मचारीमात्र राखेर बैँक तथा वित्तीय संस्था चलाउन निर्देशन दिने निर्णय गरेको छ ।

    पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएकाले सीसीएमसी बैठकले उद्योगहरुका कर्मचारी र श्रमिकहरुलाई आफैँले खाना बनाएर ख्वाउने व्यवस्थासहित काममा लगाउने निर्णय पनि गरेको छ। त्यस्तै, काठमाडौँ बाहिरबाट आउने सवारी साधनलाई पूर्ण रुपमा रोक्ने निर्णय समेत  बैठकले गरेको छ।

    त्यस्तै, सार्वजनिक निर्माणका काममा पनि आफैँले खानाको व्यवस्था गर्ने निर्णय पनि सीसीएमसी बैठकले गरेको छ। निजी निर्माण कार्य पूर्ण रुपमा बन्द गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ।

    त्यस्तै, काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई कोभिड उपचारका लागि स्तरवृद्धि गर्ने, काठमाडौँका ठूला सरकारी अस्पताललाई कोभिडमा मात्र केन्द्रित गराउने, निजीलाई पनि कोभिड उपचार दिन लगाउने निर्णय पनि बैठकले गरेको छ।

    त्यस्तै, बैठकले भारतसँग जोडिएका ३५ मध्ये १३ वटा नाकामात्र खोल्ने निर्णय  गरेको छ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले परिस्थिति असाधारण भएकाले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्न र अक्सिजनको कालो बजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका थिए।

     

     

    प्रतिक्रिया
    थप समाचार