Online Nepal आइतबार, जेष्ठ ६ २०८१

मंगलवार नेप्से परिसूचक झिनो अंकले वृद्धि

मंगलवार नेप्से परिसूचक झिनो अंकले वृद्धि


मध्यान्तर
  • मंगलबार, बैशाख २१ २०७८

  • काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १.८४ अंकले बढेको छ  । यस दिन माइक्रोफाइनान्स र हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ। मंगलबार नेप्से सूचक १.९४ अंकले बढेर २६५४.६९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि सामान्य बढेको छ। मंगलबार कारोबार रकम भने केही घटेको छ। सोमबार ७ अर्ब माथिको सेयर कारोबार भएकोमा यस दिन ६ अर्ब रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। यस दिन २१३ वटा कम्पनीको १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँमा खरिद बिक्री भएको छ। ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार
    मंगलबार कारोबारमा आएका ९ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकाँश लघुवित्त र हाइड्रोपावर कम्पनी रहेका छन्।यसदिन समाता लघुवित्त र महिला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बिशाल बजार कम्पनीको ९।९९ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.९८ प्रतिशत र राधि विद्युतको ९।९० प्रतिशतले बढेको छ। यता चन्द्रागिरि हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १।९८ प्रतिशतले घटेको छ भने एनएलजि इन्स्योरेन्सको १।७३ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको १.३ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको १.५१ प्रतिशतले घटेको छ। मंगलबार एनसिसि बैंकको सबैभन्दा धेरै २३ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली पावरको २१ करोड ८३ लाख, ग्रामिन विकास लघुवित्तको १६ करोड ८९ लाख र नेपाल इन्फ्रास्टक्चर बैंकको १६ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

     

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार