Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बिहीबार नेप्से परिसूचक १२ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १२ अंकले घट्यो


मध्यान्तर
  • बिहिबार, बैशाख २३ २०७८

  • काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२ अंकले घटेको छ भने करिब ७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ४३७.०४ विन्दुमा झरेको छ। यस दिन २१६ वटा कम्पनीको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाामा खरिद बिक्री भएको छ। आज कारोबारमा आएका १३ उपसमूह मध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने महिला लघुवित्तको ९।९९ प्रतिशत, समता लघुवित्तको ९.९२ प्रतिशत, रुरु जलविद्युतको ९.९१ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९.५२ प्रतिशतले बढेको छ। पछिल्लो समय लगातार सकारात्मक सर्किट लाग्दै आएको बिशाल बजार कम्पनीमा भने बिहीबार नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य एकैदिन ७४६ अंकले घटेर ६ हजार ७१६ रुपैयाँमा झरेको छ। यस्तै सिंगटी हाइड्रोपावरको शेयरमूल्य ९.०७ प्रतिशतले घटेको छ भने डदी ग्रुप पावरको ८ प्रतिशतले घटेको छ। यस दिन जलविद्युत लगानी तथा विकास कम्पनीको सबैभन्दा धेरै ४६ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनसिसि बैंकको ४२ करोड ९४ लाख रुपैयाँ, लक्ष्मी बैंकको २६ करोड ४५ करोड रुपैयाँ अपि पावरको १५ करोड ६७ लााख रुपैयाँ र नेपाल इन्फ्रास्टक्चर बैंकको १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका कम्पनीहरु मध्ये १३० वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४५ वटाको शेयरमूल्य बढेको छ। ९ वटा कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।

     

     

    प्रतिक्रिया
    थप समाचार