Online Nepal आइतबार, जेष्ठ ६ २०८१

दोहोरो अंकले नेप्सेमा वृद्धि

दोहोरो अंकले नेप्सेमा वृद्धि


मध्यान्तर
  • सोमबार, बैशाख २७ २०७८

  • काठमाडौं । लगातार तीन दिनको करेक्सनपछि सोमबार नेप्सेमा दोहोरो अंकको बृद्धि आएको छ। सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.३५ अंकले बढेको छ।

    सोमबार नेप्से सूचक सकारात्मक देखिए पनि कारोबार रकममा भने गिरावट देखिएको छ। आइतबार ५ अर्ब बढीको कारोबार भएकोमा सोमबार ४ अर्ब २० करोड रुपैयाँको मात्रै कारोबार भएको छ।

    सोमबार २१८ वटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता शेयर ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा खरिद बिक्री भएको छ। यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा अन्य उपसमूहको सूचक ३.९३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक पनि २.६४ प्रतिशतले बढेको छ।

    तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
    सोमबार राष्ट्रिय बिमा कम्पनी सहित तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक र साधारण शेयरको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै समता घरेलु लघुवित्तको ९.९५ प्रतिशतले बढेको छ भने रुरु जलविद्युतको ९.८५ प्रतिशतले बढेको छ।

    सोमबार बिशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने जोशी हाइड्रोपावरको ४.१२ प्रतिशत छ्याड।दी हाइड्रोपावरको ३.१४ प्रतिशत,मेरो माइक्रोफाइनान्सको २.७२ प्रतिशत र सिंगटी हाइड्रोको २.३० प्रतिशतले घटेको छ। सोमबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २७ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको १९ करोड ७० लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १८ करोड ७ लाख र हिमालयन डिस्टिलरीको १४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

    प्रतिक्रिया
    थप समाचार