Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेप्से परिसूचक दोहोरो अंकले बृद्धि

नेप्से परिसूचक दोहोरो अंकले बृद्धि


मध्यान्तर
  • बिहिबार, बैशाख ३० २०७८

  • काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १०.१३ अंकले वृद्धि भएर २६८४.०१ विन्दुमा पुगेको छ । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १.१२ अंकले बढेर ४७९.५० विन्दुमा पुगेको छ । त्यस्तै  व्यापार र होटल समूह बाहेकका सबै बैंक, फाइनान्स, बीमा, हाइड्रो लगायतका क्षेत्रहरु सकारात्मक रहेका छन् । कल २१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ८६ हजार २९६ पटक कारोबार हुँदा बिहिबार अधिकतम ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी फाइनान्सिङ क्षेत्रले अधिकतम ४.६८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढि व्यापार र होटल तथा पर्यटन क्षेत्रले ०.६ प्रतिशतले गुमाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार