Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अमेरिकी डलरको भाउ घट्दा रिंगिट, वन र कुवेती दिनारको भाउमा बृद्धि

अमेरिकी डलरको भाउ घट्दा रिंगिट, वन र कुवेती दिनारको भाउमा बृद्धि


मध्यान्तर
  • शुक्रबार, माघ १८ २०७५

  • काठमाण्डौ । नेपाली बजारमा शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । एकातिर मलेसियन रिंगिट, कुवेती दिनार र कोरियन वनको भाउ बढिरहेको बेलामा अमेरिकी डलरसहित रियाल, दिर्हाम र बहराइन दिनारको भाउ भने केही पैसाले घटेको हो ।

    नेपाल राष्ट्र बैंकका अनुसा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०३ पैसा छ । बिहीबार डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा थियो ।

    साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा थियो ।

    शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा थियो ।

    यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा तोकिएको छ । बिहीबार खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको थियो ।

    शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६९ पैसा र बिक्रीदर २७ रुपैयाँ ८४ पैसा तोकिएको छ । बिहीबार खरिददर २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७८ पैसा थियो ।

    आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३९ पैसा तोकिएको छ । बिहीबार खरिददर ३७४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३७ पैसा थियो ।

    बहराइन दिनारको एकको खरिददर ३०० सय ८७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४६ पैसा तोकिएको छ । बिहीबार खरिददर ३०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६४ पैसा थियो ।

    शुक्रबार कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २५ पैसा तोकिएको छ । बिहीबार खरिदद१० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा थियो ।

    प्रतिक्रिया
    थप समाचार