Online Nepal बिहिबार, बैशाख १३ २०८१

ईसेवा र एम बैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता

ईसेवा र एम बैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता


मध्यान्तर
  • आइतबार, असोज २४ २०७८

  • काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी  ईसेवा र सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ । सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो ।

    सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय ५० बढी सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिने ईसेवाले जनाएको छ ।

    इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयररडिम्याट नवीकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ । हाल स्क्यान एन्ड पे सेवाको सुरुवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुने जनाइएको छ

    प्रतिक्रिया
    थप समाचार