Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गोर्खाज फाइनान्समा चर्चित गायिका मेलिना राई ब्राण्ड एम्वेसडरमा नियुक्त

गोर्खाज फाइनान्समा चर्चित गायिका मेलिना राई ब्राण्ड एम्वेसडरमा नियुक्त


मध्यान्तर
  • शनिबार, चैत्र ९ २०७५

  • काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चर्चित गायिका मेलिना राईलाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको छ । फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमकाबीच गायिका राईलाई एक वर्षका लागि आधिकारीक ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो । ब्राण्ड एम्वेसडरमा नियुक्त भएपछि एक वर्षसम्म देश विदेश जुनसुकै स्थानमा पनि गायिका राईले गोर्खाज फाइनान्सको व्यवसाय प्रवद्र्धनमा विशेष भूमिका खेल्ने छिन् ।

    फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङले गायिका राईसंगकोे सहकार्यले फाइनान्सको व्यवसायिक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसले व्यवसायीक फाइदा पुग्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व मा पनि विशेष टेवा पुग्ने बताए ।

    त्यस्तै फाइनान्सको ब्राण्ड एम्बेसडर तथा चर्चित गायिका राईले फाइनान्सले व्यवसाय प्रवद्र्धनको लागि ब्राण्ड एम्बेसडर जस्तो गरिमाय पदमा नियुक्ति गरेकोमा आफू निकै गौरवान्ति भएको बताइन्। उनले फाइनान्सको व्यवसायीक प्रवद्र्धनको लागि देश तथा विदेशमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

    फाइनान्सका अध्यक्ष प्रेम बहादुर खापुङ्गले संगित क्षेत्रकी हस्ती गायिका राईलाई ब्राण्ड एम्बेसडरको रुपमा पाउँदा आफु खुशीको भएको कुरा बताए । उनले विगतको दिनहरुलाई स्मरण गर्दै २४ वर्ष पूरा गर्दै गर्दा फाइनान्सले धेरै प्रगति गरेको र निकट भविष्यमै विकास बैंकको परिकल्पना समेत गरेको खुलासा गरे ।

    राष्ट्रिय स्तरको गोर्खाज फाईनान्स लिमिटेडले सात वटै प्रदेशमा २३ वटा शाखा विस्तार गरि ग्राहकहरुलाई बैंकिङ्ग वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ । ८६ करोड ८० लाख चुक्ता पूँजी रहेको फाइनान्सले मोबाइल, इन्टरनेट, बैकिङ्ग, आई.पि.एस., डेविट कार्ड, सि–आस्वा लगायत सेवाहरु सर्वसुलभ रुपमा प्रदान गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार