Online Nepal मंगलबार, जेष्ठ १ २०८१

दुर्घटनापछि ट्रिपर सञ्चालनको समय यथावत् राख्ने निर्णय

दुर्घटनापछि ट्रिपर सञ्चालनको समय यथावत् राख्ने निर्णय


मध्यान्तर
  • बिहिबार, असोज १८ २०७५

  • काठमाडौं । काठमाडौं उपत्यकाभित्र बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म ट्रिपर सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि पुनः ट्रिपर सञ्चालनको समय यथावत् राख्ने निर्णय भएको छ ।

    निर्माण सामग्रीको ढुवानीमा अवरोध भएको निष्कर्ष निकाल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले उक्त निर्णय परिमार्जन गर्दै १ घण्टा बढाउने निर्णय गरेको थियो । यस्तो निर्णय गरेकै दिन सूर्यविनायकमा ट्रिपरको ठक्करबाट दुई जना गम्भीर घाइते भएपछि साविककै समयअनुसार सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

    यसअघि गत साउन १ गते ट्रिपरले ट्राफिक जाम र असुरक्षा बढाएको भन्दै काठमाडौंभित्र रिङरोड, रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटीसम्मको सडक खण्डमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर सञ्चालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गरेको थियो ।

    ट्राफिक प्रहरी महाशाखाले बिहीबार सूचना जारी गर्दै बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर सञ्चालन गर्न सबैमा आग्रह गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार