Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नबिल बैंकलाई एसियाली विकास बैंक-ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टिएससीएफपी)ले अग्रणी पार्टनर बैंकको रूपमा मान्यता

नबिल बैंकलाई एसियाली विकास बैंक-ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टिएससीएफपी)ले अग्रणी पार्टनर बैंकको रूपमा मान्यता


मध्यान्तर
  • बिहिबार, कार्तिक १३ २०७७

  • काठमाडौं । नबिल बैंकलाई २०२० का लागि एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टिएससीएफपी) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ ।

    एशियाली विकास बैंकको टिएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनाइहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।

    एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा टिएससीएफपीसंग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार