Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सन्राइज ब्लुचिप फण्डको इकाई बाँडफाँड

सन्राइज ब्लुचिप फण्डको इकाई बाँडफाँड


मध्यान्तर
  • शुक्रबार, चैत्र १३ २०७७

  • काठमाडौं ।  सन्राइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराईज ब्लुचिप फण्ड स्किमको प्रति इकाई रु १०/–अंकित दरको १० करोड इकाई (बिज पूँजी वापत कोष प्रवद्र्धक श्री सन्राइज बैंक लिमिटेडलाई छुट्टाइएको १,५०,००,००० इकाई सहित)मिति २०७७\१२/०१ गते देखि २०७७/१२/०८ गते सम्म बिक्री खुल्ला गर्दा सर्वसाधारण तर्फ रु.१०/– अंकित दरको ८,५०,००,००० इकाई निष्काशन गरिएको ।
    उक्त निष्काशन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट५६,०५८ जना आवेदकहरुबाट जम्मा १२,३७,६४,५४०इकाईका लागि आस्वा÷सिआस्वा मार्फत आवेदन प्राप्त भएकोमा५३,१४४ जना आवेदकहरुबाट रितपूर्वक प्राप्त भएको ११,८६,१९,८४० इकाईको लागि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम१०० कित्ता इकाई देखि ३०,००,००० इकाई सम्म माग गर्ने ५३,१७९ जृना आवेदकहरुलाई माग बमोजिम, ५०,००,००० माग गर्ने ४ जना आवेदकहरुलाई ४६,०५,०२६ इकाईको दरले र १,००,००,००० माग गर्ने २ जना आवेदकहरुलाई ४६,०५,०२८ इकाईका दरले सर्वसाधारणहरुको १०,६२,५०,००० इकाई बाँडफाँड गरियो ।
    कोष प्रवद्र्धक श्री सन्राइज बैंक लिमिटेडको १,८७,५०,००० इकाई बिज पूँजी समेत गरी जम्मा १२,५०,००,०००इकाई मिति २०७७/१२/१३ गते दिउसो २ः०० बजेसनराईज बैंक लिमिटेड लगायत अन्य प्रतिनिधिहरुको उपस्थितिमा सनराईज क्यापिटल लिमिटडमा बाँडफाँड कार्यक्रम सम्पन्न गरियो ।

    प्रतिक्रिया
    थप समाचार