Online Nepal आइतबार, जेष्ठ ६ २०८१

बिशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

बिशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन


मध्यान्तर
  • शुक्रबार, बैशाख ३ २०७८

  • काठमाडौं । प्रभु बैंकले आफ्नो सेवाविस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिका स्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाण्डौं स्थितबिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८बैशाख ३गते देखि कारोबार सुरु भएको हो। बिशेष अदालत परिसरमा आज बिहान १०ः०० बजे बिशेष अदालत काठमाण्डौेंका माननिय न्यायाधीशश्री प्रेम राज काकि बाट एक समारोहकाविच प्रभु बैंक लि. बिशेष अदालत काठमाण्डौं एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको थियो ।
    नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकाय सँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि आप्mनो सेवाविस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमाआउने सेवाग्राहीहरुलाई रकमजम्मागर्न र बिशेष अदालतको कामगर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाहगरिने बैंकिङ्ग सेवाबाट स्थानीय बासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवाउपभोग गरी लाभान्वितहुने बैंकले विश्वास लिएको छ ।

    प्रभु बैंकले २१३ वटा शाखाकार्यालय, १८९ वटा ATM,५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिकप्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवाप्रवाहगरिरहेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार