Online Nepal शुक्रबार, बैशाख २१ २०८१

कुमारी बैंकको ८.७६ प्रतिशत लाभांश घोषणा

कुमारी बैंकको ८.७६ प्रतिशत लाभांश घोषणा


मध्यान्तर
  • मंगलबार, असोज १२ २०७८

  • काठमाडौँ । कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ८.७६ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उत्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ छ। ६ प्रतिशतका दरले ८३ करोड २७ लाख ८ हजार ४९० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार