Online Nepal मंगलबार, बैशाख ११ २०८१

एनआइसी एशियाका सिइओ न्यौपाने : जसले प्रमाणित गरे ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’

एनआइसी एशियाका सिइओ न्यौपाने : जसले प्रमाणित गरे ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’


मध्यान्तर
  • सोमबार, कार्तिक २१ २०७९

  • काठमाडौँ । एनआइसी एशिया बैंक स्थापनाको २५औं वर्षमा हिडिरहेको छ। २५ वर्षमा आइपुग्दा पूर्वी सहर विराटनगरबाट उदाएको बैंकले विभिन्न सूचकांकहरूमा पहिलो स्थान रहँदै अग्रणी बैंक बन्न सफल भएको छ।

    बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा विभिन्न सूचकांकहरूमा देशकै पहिलो वाणिज्य बैंकको पहिचान बनाएको छ।

    बैंकले खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालयहरू, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा पहिलो स्थान हासिल गरेको छ।रोशन कुमार न्यौपानेको लगन, मेहनत र परिश्रमले प्राप्त गरेको यही नतिजाकै कारण बैंक सञ्चालक समितिले उनलाई थप चार वर्षलाई दोस्रो कार्याकालको लागि पनि दोहोर्‍याएको छ।

    सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, कामु प्रमुख कार्यकारी अधिकृत हुँदै २०७५ मंसिर १६ गते प्रमुख कार्यकारी अधिकृत भएका थिए।

    आफ्नो कार्यकालमा उदाहरणीय क्षमता प्रदर्शन गर्दै करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा न्यौपानेले अहिले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भए।

    प्रतिक्रिया
    थप समाचार